ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरूको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।
यसका साथै बैंकले भक्तपुरको गाम्चा र चितवनको सप्तगण्डकी कलेजपरिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २ सय ६१ र एक्सटेन्सन काउन्टरको संख्या ४५ पुगेको जनाइएको छ ।
यसका साथै बैंकले देशभरमा २ सय ६१ शाखा, २ सय ३७ एटिएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय २९ शाखारहित बैंकिङ इकाइ र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।