डिजिटल भुक्तानीका लागि कृषि विकास बैंकको खल्तीसँग सहकार्य

कृषि विकास बैंकका ग्राहकले इ–बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउटजस्ता विभिन्न माध्यममार्फत खल्तीमा रकम लोड गर्न सक्ने बैंकले

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

कृषि विकास बैंक लिमिटेडले खल्ती डिजिटल वालेटसँग भुक्तानीसम्बन्धी सम्झौता गरेको छ । बैंकले इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई डिजिटल भुक्तानीमा सघाउन खल्तीसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्ने जनाइएको छ । यसको माध्यमबाट ग्राहकले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्ने बैंकले जनाएको छ । कृषि विकास बैंकका ग्राहकले इ–बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउटजस्ता विभिन्न माध्यममार्फत खल्तीमा रकम लोड गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।  

सम्झौतामा बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका थिए । खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्ने बैंकले जनाएको छ । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने जनाइएको छ । 

सुझावित समाचार