युनियन लाइफ इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बिमालेखअन्तर्गत भुक्तानी गर्नुपर्ने बिमाशुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतीत भएको अवस्थामा त्यसमा लाग्ने ब्याजमा पूरै छुट दिने भएको छ ।
कम्पनीले त्यसरी व्यतीत भएको बिमालेखका लागि आवश्यक प्रक्रिया पूरा गरी असोज मसान्तसम्ममा नवीकरण गराएमा लाग्ने बिमाशुल्क ब्याजमा छुट दिने भएको हो । कम्पनीका अनुसार नवीकरण भएका बिमालेखअन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनससमेत प्राप्त हुने भएको छ ।