ओली-प्रचण्ड छलफल, भएन ठोस प्रगति

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंगाउने विषयमा शनिवार पनि नेकपाका दुई अध्यक्षबीच सहमति जुटन सकेन । 
 
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन घन्टा लामो छलफलमा ठोस सहमति नभएको बताइएको छ । 

करिब १२ बजे बालुवाटार पुगेका प्रचण्ड तीन बजे बालुवाटारबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित भए पनि अध्यक्षद्वयबीच कुनै सहमति हुन सकेन । 

 मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच कुरा मिलेको छैन । 

गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकपछि नियमित छलफलमा छन् ।

तर, प्रधानमन्त्री ओली र प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक र नियुक्ति पार्टी एकीकरणका बाँकी काम सक्ने विषयमा सहमति जुटाउन भने असफल भएका छन् ।

स्थायी कमिटी बैठक सकिए यता प्रचण्ड र ओलीबीच भएको यो १५औँ भेट हो । 

सुझावित समाचार