भरतपुर नगरपालिकाका पूर्वमेयर पियाको निधन

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

तत्कालीन भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको बुधबार बिहान निधन भएको छ । 

भरतपुर महानगरपालिका– २ क्षेत्रपुरनिवासी पियाको ८१ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

पिया ०४३ सालमा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात् दोस्रोपटक २०५४ सालमा भरतपुर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

भरतपुर महानगरले सार्वजनिक सूचना जारी गर्दै पूर्वमेयर पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । 

महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज (बुधबार) एक दिनका लागि बन्द रहने जानकारीसमेत गराइएको छ ।

सुझावित समाचार