कांग्रेस नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुपर्ने बताएका छन् । अहिलेको गुरुयोजना खारेज गरेर पुरानो गुरुयोजनाको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् । थापाले भनेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै। यो गुरुयोजना नै हाेइन ! अतः यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’
पशुपति क्षेत्रको विकासका लागि भनेर ल्याइएको गुरुयोजनाबारे सरोकारवालाहरूले विराेध जनाउँदै आएका छन् ।