एनआइसी एसिया बैंकले आफ्नो एनआइसी एसिया रेमिटमार्फत विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । कम्पनीले एकपटकको रेमिट्यान्स शुल्कमा दुईपटक पठाउन सकिने योजना ल्याएको हो ।
योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा दोस्रोपटक निःशुल्क रकम पठाउन सकिने जनाइएको छ । विप्रेषण रकम बैंकका देशभर रहेका ३ सय २६ शाखा, १ सय ३ विस्तारित काउन्टर, ६४ शाखारहित बैंकिङ इकाइ एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत विनाझन्झट तुरुन्त रकम प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । यो योजना ५ मंसिरसम्म लागू हुने बैंकले जनाएको छ ।