दिनभर

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

मेस सुधार अभियान : ट्राफिकका अधिकृत र जवानका लागि एउटै मेस

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी अधिकृत र जवानका लागि संयुक्त मेस सञ्चालनमा ल्याएको छ । प्रहरीको मेस सुधार अभियानअन्तर्गत महाशाखाले संयुक्त मेस सञ्चालनमा ल्याएको हो । अब ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीका अधिकृतदेखि जवानसम्मले एकैठाउँमा बसेर खाना खानेछन् । संयुक्त मेसले प्रहरीभित्र पनि एउटा पारिवारिक भावना र आत्मीयता वृद्धि हुने अपेक्षा गरिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । 

लठ्याउने औषधि खुवाएर भक्तपुरमा बसभित्र किशोरीमाथि सामूहिक बलात्कार

भक्तपुरमा बसभित्र १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न दुईजना पक्राउ परेको र एकजना फरार रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुका जगातीमा पार्किङ गरेर राखिएको बा.३ख २६१२ नम्बरको मिनीबसमा सो घटना भएको हो । घटनामा संलग्न नीरबहादुर खड्का र सुरेश श्रेष्ठलाई पक्राउ गरिएको भक्तपुर प्रहरीकी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन् । उनीहरू सोही बसका कर्मचारी हुन् ।

निर्मला विक मृत्यु प्रकरण : अन्तर्जातीय र त्रिकोणीय प्रेमसम्बन्ध, मोबाइल भेटिएन, रहस्य पनि खुलेन

त्रिकोणीय प्रेमसम्बन्धका कारण कैलाली घोडाघोडी नगरपालिका–४ जनकपुरकी २३ वर्षीया निर्मला विक (पहराई)को ज्यान गएको छ । हत्या वा आत्महत्या तस्बिर अझै प्रस्ट भएको छैन । परिवारले निर्मलाको हत्या भएको बताएको छ, प्रहरी अनुसन्धानमै छ । निर्मलाको दलित भएकै कारण उनकै प्रेमीको योजनामा हत्या भएको पीडित परिवारको आरोप छ । निर्मलाको हत्या भएको हो वा आत्महत्या हो भन्ने पुष्टि भइनसकेको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराले बताए ।

डार्फर मिसनमा प्रहरीको नयाँ टोली जाने, पहिलोपटक ज्येष्ठताको आधारमा छनोट

अफ्रिकी देश सुडानको डार्फरमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरीको नयाँ टोली जाने भएको छ । संयुक्त राष्ट्र संघले मिसन बन्द हुन सक्ने जानकारी गराए पनि नयाँ टोली पठाउन नेपाल प्रहरीलाई पत्राचार गरेको छ । नेपाल प्रहरीले डार्फरमा जाने नयाँ टोलीको छनोट पनि सकाएको छ । एसपी सुरेन्द्र मैनालीलाई एफपियू कमान्डरका रूपमा छनोट गरिएको छ । 

डा. केसीसँग अविलम्ब वार्ता गर्न सरकारसँग देउवाको आग्रह

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको जटिल बनेको स्वास्थ्यस्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् । केसीले राखेका मागहरू पूरा गर्न र उनको जीवनरक्षा गर्न ढिलाइ नगर्न आग्रह गर्दै उनले ढिलाइको दुस्परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन् । 

कोरोना मिटर : आज थप २२ सय ५३ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या २२ हजार दुई सय १८ पुग्यो

पछिल्लो २४ घन्टामा देशभर २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १२ हजार सात सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार आठ सय २३ पुगेको छ ।

सरकारलाई संसदीय समितिको निर्देशन– निर्देशिका बनाई पर्यटनसँग सम्बन्धित सेवा सञ्चालन गराउनू

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशिका बनाई विमानस्थल, विमानसेवा तथा होटेल व्यवसाय सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा परेको असरको विश्लेषण गर्दै यस क्षेत्रका क्रियाकलापलाई कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायहरूसमेत समावेश गरी निर्देशिका बनाई विमानस्थल, विमानसेवा र यससम्बन्धी सेवा तथा होटेल व्यवसाय सञ्चालन गर्ने स्थिति बनाउन सरकारलाई निर्देशन दिएको हो । 

कोरोना महामारी रोक्ने अफ्रिकाका १० आविष्कार

तुलनात्मक रूपमा अफ्रिकामा कोरोना संक्रमण केही पछि पुगेको हो । यद्यपि, पछिल्लो समय संक्रमितको संख्या तीव्र गतिमा उकालो लागिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न भ्याक्सिनलाई नै अन्तिम उपायको रूपमा हेरिएको छ । यद्यपि, भ्याक्सिन निर्माण प्रक्रिया अझै पूर्ण भइसकेको छैन । रुस र चीनले निर्माण गरेको भ्यासिन केही देशमा प्रयोग गर्न थालिए पनि यो सबैका लागि सर्भसुलभ उपलब्ध हुन धेरै समय लाग्ने देखिएको छ । त्यसअघि भाइरस संक्रमण फैलनबाट रोक्ने केही उपायको खोजी पनि भइरहेको छ । यही सन्दर्भमा अफ्रिकाले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्ने प्रयासस्वरूप निर्माण गरेको आविष्कार खोजेका छौँ । हेरौँ कोरोना भाइरस संक्रमण रोक्ने प्रयासस्वरूप अफ्रिकी देशहरूले निर्माण गरेका दश फरक आविष्कार :– 

कावासोतीमा एक महिलाकाे कान काटेर लुटेराले गरगहना लुटे

पूर्वीनवलपरासीको कावासोतीमा आइतबार बिहान एकजना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोती– १३ बुढौली कुनाबाट कावासोती थानाचोक आउने क्रममा बुढौली कुनाबाट पाँच सय मिटर उत्तरतर्फ जंगलको बीचबाटोमा कावासोती– १३ बुढौली कुनानिवासी ४६ वर्षीया महिला तुलसी पौडेललाई दुईजना लुटेराले गहना लुटेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नवीन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए । 

ट्रम्पको स्वास्थ्य अवस्थाबारे डाक्टरहरूकै फरक–फरक धारणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यप्रति फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । उनी उपचाररत मेरिल्यान्डस्थित नेसनल सैनिक अस्पताल शनिबार तीन फरक–फरक धारणाका सूचना बाहिरिएका थिए । यी तीनवटै सूचनामा ट्रम्पको स्वास्थ्य अवस्था फरक–फरक उल्लेख छ । 

सुझावित समाचार