१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १८ आइतबार १५:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लठ्याउने औषधि खुवाएर भक्तपुरमा बसभित्र किशोरीमाथि सामूहिक बलात्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १८ आइतबार १५:०५:००

भक्तपुरमा बसभित्र १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

घटनामा संलग्न दुईजना पक्राउ परेको र एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका जगातीमा पार्किङ गरेर राखिएको बा.३ख २६१२ नम्बरको मिनीबसमा सो घटना भएको हो ।

घटनामा संलग्न नीरबहादुर खड्का र सुरेश श्रेष्ठलाई पक्राउ गरिएको भक्तपुर प्रहरीकी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन् । उनीहरू सोही बसका कर्मचारी हुन् ।

प्रहरीका अनुसार दीपेश राई नामक युवकले किशोरीलाई शुक्रबार बागबजारबाट भक्तपुर लगेका थिए ।

सुरुमा उनले बलात्कार गरेको र पछि दुई युवकलाई बुझाएका थिए । दुई युवकले ती किशाेरीलाई शनिबार बेलुका बसमा लगेर बलात्कार गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका हुन् ।

आफूलाई लठ्याउने औषधि खुवाएको पीडित किशोरीले बताएकाे प्रहरीले जनाएकाे छ ।