Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १८ आइतबार १४:०२:००
Read Time : > 2 मिनेट
फिचर

कोरोना महामारी रोक्ने अफ्रिकाका १० आविष्कार 

Read Time : > 2 मिनेट
२०७७ असोज १८ आइतबार १४:०२:००

तुलनात्मक रूपमा अफ्रिकामा कोरोना संक्रमण केही पछि पुगेको हो । यद्यपि, पछिल्लो समय संक्रमितको संख्या तीव्र गतिमा उकालो लागिरहेको छ । बिबिसीले जनाएअनुसार हाल अफ्रिकामा संक्रमितको संख्या १० लाख नाघिसकेको छ । 

कोरोना भाइरस संक्रमण रोक्न भ्याक्सिनलाई नै अन्तिम उपायको रूपमा हेरिएको छ । यद्यपि, भ्याक्सिन निर्माण प्रक्रिया अझै पूर्ण भइसकेको छैन । रुस र चीनले निर्माण गरेको भ्यासिन केही देशमा प्रयोग गर्न थालिए पनि यो सबैका लागि सर्भसुलभ उपलब्ध हुन धेरै समय लाग्ने देखिएको छ । त्यसअघि भाइरस संक्रमण फैलनबाट रोक्ने केही उपायको खोजी पनि भइरहेको छ । यही सन्दर्भमा अफ्रिकाले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्ने प्रयासस्वरूप निर्माण गरेको आविष्कार खोजेका छौँ । हेरौँ कोरोना भाइरस संक्रमण रोक्ने प्रयासस्वरूप अफ्रिकी देशहरूले निर्माण गरेका दश फरक आविष्कार ः– 

डक्टर रोबोट
सेनेगलको डाकर पोलिटेक्निकका एक विद्यार्थीले कोरोना भाइरस संक्रमण फैलिएको वेला प्रयोग गर्न मिल्ने रोबोटको आविष्कार गरेका छन् । अस्पतालमा प्रयोग गर्न मिल्ने यो रोबोटले बिरामी र उसको कुरुवाबीच हुने सम्भावित संक्रमणलाई रोकेको छ । रोबोटमा क्यामेरा जडान गरिएको छ जसलाई एपमार्फत पनि चलाउन सकिन्छ । आविष्कारकर्ताको भनाइअनुसार यो रोबोटले प्रत्येक कोठामा पुगेर क्वारेन्टिनमा बसेका संक्रमित बिरामीको जरो नाप्ने, खाना र औषधि पु¥याउनेलगायत काम गर्न सक्छ ।

स्वचालित हात धुने मेसिन

केन्याका नौ वर्षीय विद्यार्थी स्टेफेन बामुकोटाले काठको आफैँ चल्ने हात धुने मेसिन बनाएका छन् । यसले पनि भाइरस संक्रमण फैलनबाट रोक्न मद्दत गरेको छ । खुट्टाले थिचेर धारा खोल्ने गरी मिलाइएको छ । यसले गर्दा प्रयोगकर्ताले हातले धारा छुनुपर्दैन । हातले छुनु नपरेपछि त्यहाँबाट भाइरस नसर्ने मात्रै होइन, हात धोएपछि थप सुरक्षित बन्नेछ । यही हात धुने मेसिन बनाएपछि स्टेफेनले गत जुनमा ‘प्रेसिडेन्सियल’ पुरस्कार पाएका थिए ।

स्वचालित भेन्टिलेटर

संक्रमण फैलिएपछि संक्रमितको उपचार गराइरहेको नाइजेरियाको अस्पतालमा भेन्टिलेटरको अभाव देखिएको थियो । इन्जिनियरिङ पढ्दै गरेका २० वर्षीय विद्यार्थी उस्मान दलहाटुले त्यो समस्याको समाधान खोज्ने प्रयास गरे । उनले हिँड्दासमेत आफूसँगै बोक्न मिल्ने खालको स्वचालित भेन्टिलेटर निर्माण गरे । यसले गर्दा नाइजेरियालाई संक्रमित बिरामीको उपचार गर्न सहज पनि भएको छ । उनले अहिले पनि यस्ता भेन्टिलेटर निर्माण गरिरहेका छन् ।

थ्रिडी मास्क पेन्टिङ
‘रोबोट क्यान थिङ्क साउथ अफ्रिका’ नामक संस्थाकी कर्मचारी हुन्, नाटाली राफिल । उनले थ्रिडी प्रिन्टर प्रयोग गरी मास्क उत्पादन गर्ने गरेकी छिन् । उनले जोहनेसबर्गका मुख्य अस्पतालहरूका लागि दैनिक सयवटा त्यस्ता मास्क उत्पादन गर्ने गरेकी छिन् । दक्षिण अफ्रिका त्यो क्षेत्रकै सबैभन्दा बढी संक्रमित रहेको देश हो । अफ्रिकामा देखिएकोमध्ये आधा संक्रमण दक्षिण अफ्रिकामै भेटिएको छ ।

सोलारमार्फत चल्ने हात धुने मेसिन
संक्रमण देखिन थालेपछि घानाका जुत्ता बनाउने रिचार्ड क्वार्टेङले उनका भाइ जुडे आसेईसँग मिलेर सोलार पावरमार्फत चल्ने हात धुने मेसिन निर्माण गरे । हात अघि सारेपछि सोलार पावरमार्फत आफँै खुल्ने धारा उनीहरूले बनाएका छन् । धारा २५ सेकेन्डसम्म खुलेपछि फेरि बन्द हुन्छ । यसले पनि देशमा भाइरस संक्रमण फैलनबाट रोक्न मद्दत गरेको छ ।

वेबसाइटबाटै फोक्सोको स्क्यान

ट्युनिसियामा इन्जिनियरहरूले छातीको एक्स–रे गरेपछि अनलाइनबाटै संक्रमित भए–नभएको हेर्न मिन्ने सुविधा दिएका छन् । त्यसअनुसार व्यक्ति आफैँले आफ्नो एक्स–रे रिपोर्टलाई ‘अपलोड’ गर्नुपर्छ । सोही एक्स–रे रिपोर्टबाट संक्रमण रहे–नरहेको पत्ता लाग्नेछ । ट्युनिसियाको नेसनल इन्स्टिच्युड अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजीका अनुसार सो अनलाइन सेवाले दिएको नतिजा ९० प्रतिशत सही देखिएको छ । यो अनलाइन सेवाको निर्माण अझै जारी छ । यद्यपि, अहिले नै धेरै व्यक्तिले त्यसबाट सुविधा लिइसकेका छन् ।

रोबोटको गस्ती
ट्युनिसियामै कोरोना भाइरस संक्रमण फैलाउने गतिविधि रोक्न रोबोटले गस्ती गर्ने गरेको छ । गत अप्रिलमा लकडाउनको घोषणा गर्दा राजधानी टुनिसमा अधिकारीहरूले प्रहरीको रूपमा रोबोटलाई गस्तीमा खटाएका थिए । पिजीगार्ड नाम दिइएको उक्त रोबोटले बाटोमा हिँडिरहेका व्यक्तिलाई उनीहरू बाहिर निस्कनुको कारण बुझ्ने प्रयास गर्छ । सडकमा हिँडेका ती व्यक्तिले रोबोटमा रहेको क्यामेराअगाडि आफ्नो आइडी कार्ड देखाउनुपर्छ । 

पैसालाई स्यानिटाइज गर्ने काठको मेसिन 
केन्याको ‘मोबाइल मनी एजेन्ट’ डासन वान्जोहीले काठको एउटा मेसिन बनाएको छ, जसले पैसाको नोटलाई स्यानिटाइज गर्छ । वान्जोहीले ‘मोटर’, रबर ब्यान्ड र अरू धेरै चिजको प्रयोग गरी यो मेसिनको निर्माण गरेको छ । त्यहाँ राखिएको प्रत्येक नोटलाई मेसिनले स्यानिटाइज गर्ने गर्छ ।

६५ मिनेटमै नतिजा दिने परीक्षण किट
दक्षिण अफ्रिकाको प्रविधिसम्बन्धी व्यवसायीद्वय डानिइल एदिम र डिनियो लिएमोले ६५ मिनेटमै कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने किट्स उत्पादन गरेका छन् । दक्षिण अफ्रिकामा अरू प्रविधिमार्फत गरिएको परीक्षणमा नतिजाका लागि तीन दिनसम्म कुर्नुपरेको छ । तर, यसले निकै छिटो नतिजा दिने गर्दछ ।

शारीरिक दूरीसहित कपाल काट्ने सेवा
कोरोना भाइरस संक्रमण फैलन थालेपछि इथियोपियाका सैलुनहरूले नयाँ उपाय निकालेका छन्– शारीरिक दूरीसहित कपाल काट्ने सेवा । त्यसका लागि कपाल काट्ने व्यक्ति बस्ने एउटा छुट्टै ‘बुथ’ निर्माण गरेको हुन्छ । यसले गर्दा व्यक्ति–व्यक्तिबीचको सम्पर्क हुने छैन । त्यसबाट भाइरस संक्रमण फैलने सम्भावना पनि कम हुनेछ । 
–एजेन्सीको सहयोगमा