दिनभर

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

खेलाडीको तलबमा विभेद :  क्रिकेटतर्फ पुरुष र महिलाबीच १८ देखि ३५ हजारसम्म अन्तर, फुटबलमा महिलालाई ८ हजार कम

नेपालमा करिब दुई सयवटा खेल संघ छन् । तीमध्ये नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्र आफ्ना खेलाडीलाई मासिक तलब दिन्छन् । तर, दुवै संघले गर्ने तलब भुक्तानी असमान छ । पुरुषको तुलनामा महिला खेलाडीले आधाभन्दा कम तलब पाउँछन् । क्यानले केन्द्रीय सम्झौतासहित खेलाडीलाई मासिक तलब दिन थालेको ६ वर्ष पुग्दै छ, जसले ०७१ देखि खेलाडीलाई तलब दिन थालेको हो । एन्फाले पनि आफ्ना खेलाडीलाई तलब दिँदै आएको छ । अन्य कुनै खेल संघले आफ्ना खेलाडीलाई नियमित तलब दिँदैनन् ।

घाँस काट्न गएकी किशाेरीको बलात्कारपछि हत्या

रौतहटमा घाँस काट्न खेतमा गएकी १६ वर्षीया किशाेरीको बलात्कारपछि हत्या भएको छ । वृन्दावन नगरपालिका- ४ हरैयापल्टुवामा घाँस काट्न गएकी ती किशाेरीको बलात्कारपछि हत्या भएको वडाध्यक्ष श्याम यादवले जानकारी दिए ।

जनता भोकै मरिरहेका वेला सरकारको ध्यान चुनावहरुवाकाे व्यवस्थापनमा केन्द्रित छ : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताएका छन् । अहिले कोरोनाका कारण पीडामा रहेका जनताको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा केन्द्रित भएको उनले आरोप लगाए । 

सांसद अमनलालले यसरी जिते कोरोना

संघीय सांसद अमनलाल मोदी कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पृष्टि भएपछि मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीस्थित विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन् । 

चीनले नेपाली भूभागमै सामान ल्याइदिने

चीनले अब नेपाली भूभागमै सामान ल्याइदिने भएको छ । यसअघि रसुवागढी नाकाको मितेरी पुलको बीचमा सामान ल्याई झारिदिने गरेकोमा अब नेपाली भूभागमै ल्याइदिने भएको हो । 

प्रधानमन्त्रीको सचिवालयका पाँचजनामा कोरोना संक्रमण

प्रधानमन्त्रीको नजिक रहने मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको छ । 

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार तीन सय ३० पुगेको छ । छिमेकी मुलुक भारतमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ ।

ट्रम्पको उपचारमा खटिएका डाक्टर भन्छन्– मास्क लगाएको भए अस्पताल भर्ना हुनुपर्ने थिएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएपछि मेरिल्यान्डस्थित वाल्टर रिड नेसनल सैनिक मेडिकल अस्पतालमा भर्ना भएका छन् । ट्रम्पलाई श्वास लिन गाह्रो, हल्का ज्वरो तथा चिसो लागेपछि चिकित्सकले अस्पतालमा भर्ना हुन सुझाब दिएका हुन् ।

कोरोना संकटले युरोपमा फस्टाएको साइकल–संस्कृति

कोरोना भाइरस (कोभिड– १९) सुरु भएपछि बुचरेस्टदेखि ब्रसेल्ससम्म र लिस्बोनदेखि ल्योनसम्म ‘साइक्लिङ’माथिको लगानी अभूतपूर्व रूपमा बढेको छ । कोरोना संकट सुरु भएपछि युरोपका देशहरूमा साइकल लेन निर्माणमा व्यापक लगानी मात्रै भएको छैन लेनको स्वरूप पनि बदलिएको छ ।

देश र जनताका समस्या सरकारको प्राथमिकतामा कहिले पर्छन् ? 

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवनरक्षाको माग गर्दै युवाहरूले प्रदर्शन गरेका हुन् । अनशनको २०औँ दिन पुग्दासमेत सरकारले केसीका माग पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागी युवाले बताए । भदौ २९ बाट अनशन थालेका  केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । 

सुझावित समाचार