प्रधानमन्त्रीको सचिवालयका पाँचजनामा कोरोना संक्रमण

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्रीको नजिक रहने मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको छ । 

उनीहरूले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै आफूनिकट सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह गरेका छन् ।

सचिवालयका पाँचजनाकाे परीक्षण हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको परीक्षण गरिएकाे र नतिजा नेगेटिभ आएको सचिवालय स्राेतले जनाएकाे छ  ।

सचिवालय स्रोतका अनुसार बिहीबार ओली र शाक्यको परीक्षण नतिजा नेगेटिभ आएको हो । 

उनको सचिवालयमा कार्यरत पाँचजनामा कोरोना देखिएपछि यसबीच सम्पर्क भएकाे हुन सक्ने सम्भावना भएकाले प्रधानमन्त्रीको पुनः परीक्षण गरिने स्राेतले जनायाे  ।

सुझावित समाचार