मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी
२०७७ असोज १७ शनिबार १३:१२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ असोज १७ शनिबार १३:१२:००

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार तीन सय ३० पुगेको छ । छिमेकी मुलुक भारतमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ । शनिबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा ६४ लाख ७३ हजार पाँच सय ४४ जनालाई कोरोना भाइरस संक्रमण भएको र  संक्रमणबाट एक लाख आठ सय ७५ जनाको मृत्यु भइसकेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड– १९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ । कुल संक्रमितमध्ये दुई करोड ५८ लाख ९७ हजार नौ सय ९६ जना निको भएका छन् भने करिब ७९ लाख चार हजार सात सय दुई मानिस सक्रिय संक्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार तीन सय २५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ । पेसा–व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ ।

अमेरिकामा मात्रै दुई लाख १३ हजारको पाँच सयको मृत्यु
कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार पाँच सय २४ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४५ हजार चार सय ३१ जनाको मृत्यु भएको छ । 
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजारभन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार आठ सय ९१ जनाको मृत्यु भएको छ । त्यहाँ दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।  

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रूपमा रहेकोमा केही दिनअगाडि एकैदिनमा  २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट तीन हजार तीन सय ५२ जनाको मृत्यु भएको थियो 

युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ ।