निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले चाडपर्वको अवसर पारेर ‘निसान धमाकेदार दसैँ–तिहार तथा छठ अफर’ नामक योजना ल्याएको छ । कम्पनीले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने र ९ महिनासम्मको इएमआई पनि कम्पनीले नै तिरिदिने योजना ल्याएको हो ।
उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै ३६ हजार रुपैयाँबराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडीको खरिदमा ५० हजार रुपैयाँसम्मको फ्री एसेसोरिज, एक वर्षको निःशुल्क बिमा, १० वर्षसम्मको फाइनान्सिङ, बोस हाई प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्री सर्भिसिङ, लोयल्टी बोनस, चालू आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।