संस्कृतमा यादव लामिछाने र कृषि विश्वविद्यालयमा पुन्य रेग्मी उपकुलपति नियुक्त

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. पुन्यप्रसाद रेग्मी उपकुलपति नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार दुई विश्वविद्यालयको चारवर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेका हुन् । 

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त गर्ने नेताहरूबीच सहमति भए पनि आइतबार बेलुकीसम्म उनले नियुक्ति पाएका छैनन् । तीन विश्वविद्यालयमा लामो समयदेखि उपकुलपतिलगायतको पद रिक्त भएको थियो । 

उपकुलपति नहुँदा विश्वविद्यालयका नीतिगत र प्रशासनिक कामसमेत अवरुद्ध भएका थिए । संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. यादव लामिछानेले आफ्नो कार्यकालमा विश्वविद्यालय सुधारका काम गर्ने बताए । संस्कृत विश्वविद्यालयमा व्यवस्थापकीयलगायतका समस्या भएको र समस्या समाधानमा ध्यान दिने बताए । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. पुन्यप्रसाद रेग्मीले नियुक्ति पाइसकेको र तत्काल विश्वविद्यालयमा पुगेर काम सुरु गर्ने बताए ।

सुझावित समाचार