एनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक प्याक

बिहिबार, ७ असोज, २०७७
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले ननस्टप अफरहरूअन्तर्गत टिकटक र फेसबुक प्याकमा १ दिन र ३० दिनको नयाँ योजना ल्याएको छ । कम्पनीले ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी नयाँ प्याकहरू ल्याएको हो । 

नयाँ प्याकमा ग्राहकले ३१ रुपैयाँ ९२ पैसामा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, ४ सय ५९ रुपैयाँ ६८ पैसामा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई समयसीमा बाँकी रहेसम्म ननस्टप रूपमा यसको फाइदा लिन सक्ने जनाइएको छ । ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जिबी डेटा बोनसस्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।   

ननस्टप अफरहरूअन्तर्गत एनसेलले ७ दिनको समयसीमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याक १ सय २७ रुपैयाँ ६९ पैसामा र युट्युब र फेसबुकको कम्बो प्याक १ सय ९१ रुपैयाँ ५४ पैसामा प्रदान गर्दै आएको जनाएको छ । यसको ७ दिनको प्याकमा ४ जिबी र ३० दिनको प्याकमा ६ जिबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसका रूपमा दिँदै आएको जनाइएको छ । 

See More On

सुझावित समाचार