कतारबाट नेपाली श्रमिकको उद्धारका लागि नियमित उडान गर्नैपर्छ : राजदूत भारद्वाज

सोमबार, ५ असोज, २०७७
डिजिटल संस्करण

कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले चार्टर्डबाट मात्र नेपालीहरूको उद्धार गर्न सम्भव नभएकाले नियमित उडान भएमा मात्र कतारबाट नेपालीको उद्धार हुने बताएका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा उनले श्रमिकको उद्धारका लागि दैनिक चारवटासम्म फ्लाइट भर्नुपर्ने बताए।

अहिले १६ हजार नेपाली नेपाल फर्किनबाट रोकिएको र चाडबाडमा यो संख्या झनै बढ्ने उनको भनाइ छ। राजदूत भन्छन्, ‘नियमित उडान गरेर मात्र यहाँ रोकिएका १६ हजार नेपालीलाई घर फर्काउन सक्छौँ।’

अहिलेसम्म कतारबाट ६ हजार सात सय ७८ जनाको उद्धार भएको उनले समितिलाई जानकारी दिए । उनका अनुसार, कतारमा तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।

सुझावित समाचार