सुजुकीको दसैँ–तिहार योजना

आइतबार, ३ असोज, २०७७
डिजिटल संस्करण

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भिजी अटोमोबाइल्स प्रालिले बडादसैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दसैं–तिहार अफर सुरु गरेको छ । कम्पनीले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको हो । 

यसका साथै एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । अफरले ग्राहकको मन जित्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले सुजुकीका विभिन्न नवीन मोडल र डिजाइनका मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्न सफल हुने बताए । 

See More On

सुझावित समाचार