सनराइज बैंकको ग्रिनपिन सेवा

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

सन्राइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको छ । 

सेवा सुरु गरेसँगै अबदेखि बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सन्राइज बैंककोे एटिएममा हाल्नेबित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिनपिन प्राप्त गर्ने जनाइएको छ । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुविधा पहिलेभन्दा अझै सुरक्षित हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

साथै, कागजी पिन मेलरमा भर पर्नुनपरेका कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनः पिन कोड माग्नुपर्ने अवस्थामा समेत ग्राहकले सन्राइज बैंकका कुनै पनि शाखामार्फत निवेदन दिएपश्चात् तत्कालै कागजविहीन ग्रिनपिन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सुझावित समाचार