सामुदायिक अस्पतालमा टेन्ट टाँगेर ओपिडी सेवा सञ्चालन

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

लमजुङको बेसीसहर नगरपालिका– ८ मा रहेको लमजुङ जिल्ला अस्पतालमा बहिरंग (ओपिडी) सेवा पुनः सञ्चालन गरिएको छ । अस्पतालको आकस्मिक सेवा दिने भवनलाई आइसोलेसन कक्ष बनाइएपछि अस्पताल परिसरमा टेन्ट टाँगेर बहिरंग सेवा सञ्चालन गरिएको हो । 

जिल्लामा कोभिड– १९ को संक्रमण तीव्र रूपमा बढेसँगै अस्पतालमा समेत संक्रमण जोखिम भएकाले १० दिनअघि बन्द गरिएको बहिरंग सेवा मंगलबारबाट पुनः सञ्चालन गरिएकोे अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । 

उनले भने, ‘अस्पतालको बहिरंग (ओपिडी) कक्षमा अन्तरंग  शल्यक्रियाका बिरामीलाई राख्न थालिएको छ ।

६० शय्याको अस्पतालमा ५२ जना महिला र ५ जना पुरुष गरी हाल ५७ जना कोरोना संक्रमित उपचाररत छन् ।

जिल्लामा ५५ महिलासहित दुई सय ७९  कोरोना संक्रमित छन् ।  हाल ४५ महिलासहित एक सय ५८ जना कोरोना संक्रमित जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।  
 

सुझावित समाचार