मर्स्याङ्दीमा सवारीसाधन खसेर बेपत्ता

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

मर्स्याङ्दी नदीमा खसेर सवारीसाधन बेपत्ता भएको छ । बुधबार बिहान पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको सवारीसाधन तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट खस्दा नदीमा बेपत्ता भएको हो ।

बेपत्ता भएको सवारीसाधनको खोजीका लागि कुरिनटारको गोताखोर टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । 

‘घटनाको प्रकृति हेर्दा ठूलो सवारीसाधन आज बिहान नदीमा खसेकोजस्तो देखिन्छ । तर, सवारीको पहिचान भने भएको छैन । अब गोताखोर टोली आएपछि मात्रै कुन सवारीसाधन हो र त्यसमा कति यात्रु थिए भन्ने खुल्छ,’ उनले भने ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेकाले बेपत्ता सवारी खोज्न कठिन भएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार