काठमाडौं/ अपि पावर कम्पनी लिमिटेडले गत आव ०८२/८३ का लागि सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको १८ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले कुल ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
विद्युत् नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ ।