काठमाडौं । अवैध रूपमा पटका र म्याद गुज्रिएको भाइमसला बिक्री–वितरण गरेको आरोपमा काठमाडौंबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
गत सोमबार दिउँसो ३ बजेतिर काठमाडौं महानगरपालिका– ६, तिनचुली चोकस्थित एक घरमा डेरा गरी बस्ने भारतको मोतीहारी घर भएका २९ वर्षीय रमनकुमार पटेललाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।