सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सोलुखुम्बुमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका– ४, फेदिचेमा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको हो । 

 
प्रहरीका अनुसार ल्यान्ड हुने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीकाे हेलिकोप्टर दुर्घटना भएको हो। प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा भारतीय नागरिक ४७ वर्षीय वसन्त बालारामाडुको मृत्यु भएको हो। त्यस्तै, भारतीय मूलकै न्युजिल्यान्डका नागरिक सेलीकुमार पटेल घाइते भएका छन्।  

उनीहरू सगरमाथा बेसक्याम्पतर्फ जाँदै थिए। 

सुझावित समाचार