काठमाडौं । जेन्जी आन्दोलनको मौका छोपेर फरार भएका जबरजस्ती करणी मुद्दाका दुई प्रतिवादी पक्राउ परेका छन्।
आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका प्रतिवादीहरु भीमबहादुर वाइबा र सुरेन्द्र दमाईलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार बेलुकी जडिबुटीबाट पक्राउ गरेको हो।
उनीहरुलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा बुझाएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।