काठमाडौं/ कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले हासिल गरेको छ । शनिबार काठमाडौंमा लिगका आधारमा खेलाइएको खेलमा नाफिजले चार अंकसहित उपाधि जितेको हो ।
पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान)सँग बराबरी खेल्यो । पहिलो खेलमा नाफिजले सेजनलाई १–० ले पराजित गरेको थियो । खेलमा नाफिजका सुदर्शन श्रेष्ठले गरेको एक मात्रै गोल निर्णायक बन्यो ।
दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै नाफिज अपराजित रहन पुग्यो । सेजनले इमानलाई १–० ले नै पराजित गरेपछि नाफिजले उपाधि जित्न सफल भयो । इमानलाई हराएको सेजन दोस्रो भयो । इमानले तेस्रो स्थान हासिल गरेको छ । विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।