लागुऔषध मुद्दामा दोषी दुई पक्राउ

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

रामेछाप । लागुऔषध मुद्दामा रामेछाप जिल्ला अदालतले दोषी ठहर गरेका दुईजनालाई प्रहरीले सदरमुकाम मन्थलीबाट बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका– ३, बिजुलीकोटका २५ वर्षीय मोहन आलेमगर र मन्थली नगरपालिका– १ का आर्यन भुजेल रहेका छन्। अदालतले आलेमगरलाई आठ दिन कैद तथा भुजेललाई एक महिना २३ दिन कैद र एक हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार उनीहरूलाई खोजतलास गर्ने क्रममा प्रहरी टोलीले सदरमुकाम मन्थलीको देवकोटाचोकबाट पक्राउ गरी रामेछाप जिल्ला अदालतमा हाजिर गराई जिल्ला कारागार कार्यालय रामेछापमा पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल राउतले जानकारी दिए।

सुझावित समाचार