काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

सोमबार, ३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । गोकर्णेश्वर नगरपालिका– ९, आरुबारीस्थित राम मन्दिरनजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

रौतहट घर भई काठमाडौं– ६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा.९०प ३३२५ नम्बरको मोटरसाइकल गएराति सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलचालक ठाकुर गम्भीर घाइते भएका छन् भने पछाडि सवार भारत घर भई काठमाडौं– ६ तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको प्रहरीले जनाएको छ।

जसिमलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि गरेका हुन्। घाइते ठाकुरलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

सुझावित समाचार