लागुऔषध ट्रामाडोल ७२ हजार क्याप्सुलसहित दुईजना पक्राउ

सोमबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । दक्षिणकाली नगरपालिका– ५, फर्पिङस्थित बसपार्कबाट लागुऔषध ट्रामाडोल ७२ हजार ८० क्याप्सुलसहित प्रहरीले २७ वर्षीय दुई युवकलाई पक्राउ गरेको छ।

सोमबार बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२०च ७५८८ नम्बरको कारबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

कारको पछाडि डिक्कीमा लुकाइछिपाई ल्याएको ट्रामाडोलसहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका– २३, कोयरियाका सुदीप पटेल र पर्साको वीरगन्ज उपमहानगरपालिका– १७, अलौका सुनील सहनी रहेका प्रहरीले जनाएको छ।

सुझावित समाचार