१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर/ मकवानपुरमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न रहेको आरोपमा मकवानपुरकै रामशरण भोम्जनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार १६ कात्तिकमा घटना भएको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले आरोपित भोम्जनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले घटनाको पुष्टि गर्दै आरोपितमाथि अनुसन्धान भइरहेको जानकारी दिए।

सुझावित समाचार