भूमिहीनका समस्या समाधान र लालपुर्जा वितरणलाई तीव्रता दिने मन्त्री रावलको प्रतिबद्धता

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाको बुद्धशान्ति गाउँपालिका– ४ स्थित भूमिहीन नागरिकको बस्तीमा पुगेर स्थानीयका समस्या तथा गुनासो सुनेकी छिन्।

स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै मन्त्री रावलले भूमिहीनका समस्या, उनीहरूको अपेक्षा र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्तिमा देखिएका कठिनाइबारे जानकारी लिएकी हुन्।

सो अवसरमा उनले भूमिहीन नागरिकका समस्या समाधानका लागि सरकारले गरिरहेको पहल र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

भूमिहीन नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री रावलले उनीहरूलाई यथाशीघ्र जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन पहल गर्ने बताइन्।

स्थानीयसँगको प्रत्यक्ष संवादले भूमिहीन नागरिकका वास्तविक समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


 

सुझावित समाचार