इलाम । इलामको इलाम नगरपालिका– ४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
हिजाे दिउँसो करिब ४:३० बजे सोही स्थान बस्ने २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट उनको गाला, टाउको र खुट्टामा चोट लागेको छ।
घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ र त्यहाँ उनको उपचार भइरहेको छ। धारिलो हतियार प्रहारमा संलग्न तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।