काठमाडौं - गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपडा खरिदका विषयमा संसद्को सार्वजनिक लेखा समितिले अध्ययन गर्न उपसमिति गठन गरेको छ । रास्वपा सांसद मनीष झाको संयोजकत्वमा शुक्रबार उपसमिति गठन भएको हो ।
समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको उजुरी परेपछि त्यसमा अध्ययन हुन लागेको हो । प्रहरीले भने सम्बन्धित निर्वाचन प्रहरीलाई पोशाक खरिदको पैसा नगद नै दिइएकोले यसमा कुनै अनियमितता नभएको दाबी गरेको छ । समितिले सुरुमा अध्ययन गर्ने र त्यसको आधारमा छानबिन गर्ने नगर्ने निर्णय गर्ने सांसद खुश्वु ओलीले बताइन् ।
रास्वपाकै सांसद खगेन्द्र सुनारले खरिदमा अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामा समेत माग्दै आएका छन् । उनलाई पनि राखेर अध्ययन समिति गठन भएको हो । सुरुमा समितिमा उनलाई राखिएको थिए । सुनारले आफुलाई संयोजक नै मानेका थिए । पछि सदस्यमा राखिएको हो । समितिको बैठकमा अध्ययन समिति बनाउने कि छानबिन समिति भन्नेमा पनि विवाद देखिएको थियो ।
निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० तथा सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी भर्ना गरेको थियो । उनीहरुलाई पोशाक खरिदका लागि नगद नै दिइएको थियो । तर, प्रहरीले जिल्लाअनुसार ठेकदारलाई तोेकेर सहजीकरणी गरी लाभ लिएको आरोप लागेको छ । समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धिबारे संसदीय समितिले अध्ययन गर्ने
किन पक्राउ परे विश्लेषक भरत दाहाल ?
३ हप्ता अघि
सुझावित समाचार
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…