विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई विभागमा तानियो

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई भन्सार विभागले जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन पत्राचार गरेको छ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबिच उत्पन्न विवादका सम्बन्धमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको हो।

भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरिएको विभागले जनाएको छ। विभागका अनुसार विवादका विषयमा थप विवरण बुझ्ने काम भइरहेको छ।

सुझावित समाचार