नयाँ होन्डा किन्दा १० लाखसम्म छुट, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘चाडपर्व विशेष होन्डा अफर’को सफर योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत नयाँ होन्डा कार खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै, एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बिमा निःशुल्क उपलब्ध गराइनेछ ।

कम्पनीका अनुसार नयाँ गाडी खरिद गर्ने ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता पनि पाउनेछन् ।

पुरानो गाडी साटेर नयाँ होन्डा खरिद गर्न चाहने ग्राहकका लागि अन–द–स्पट एक्सचेन्ज सुविधा र एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । त्यस्तै, स्याकार हायर पर्चेज र एनआइसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना २५ सेप्टेम्बर २०२६ देखि १६ नोभेम्बर २०२६ सम्म देशभरका होन्डा कार साेरुममा लागू हुनेछ । योजनामा नियम तथा सर्तहरू लागू हुनेछन् ।

‘उज्यालो भविष्यतर्फको यात्रा’ नाराका साथ ल्याइएको योजनामा होन्डा सिआर–भी, एलिभेट, सिटी र सिटी ईःएचएभीलगायतका कार समावेश छन् । योजनासम्बन्धी थप जानकारीका लागि नजिकैको होन्डा कार साेरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार