अमेरिका जाँदा प्रधानमन्त्रीले सलामी नलिने

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहको विदेश भ्रमणका क्रममा यसपटक नेपाली सेनाको सलामी तथा सरकारी पदाधिकारीको औपचारिक बिदाइ नहुने भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार विगतमा प्रधानमन्त्री विदेश जाँदा विमानस्थलमा मन्त्री, सरकारी उच्चपदस्थ अधिकारी तथा कर्मचारीको ठुलो भिड लाग्ने गरेकोमा यसपटक त्यस्तो दृश्य देखिनेछैन।

प्रधानमन्त्री शाह आज साँझ करिब ७ बजे काठमाडौं विमानस्थलबाट अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनी विमानस्थलको भिआइपी कक्ष हुँदै सिधै विमानमा जाने र त्यहाँ लामो समय नबस्ने तयारी छ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या र जलवायु न्यायका विषयमा नेपालको धारणा राख्नेछन्। प्रधानमन्त्री कार्यालयले अहिलेको विपतकाे अवस्थामा तामझामसहितको स्वागत तथा बिदाइ उपयुक्त नहुने जनाएको छ।

सुझावित समाचार