नेपाली महिला कबड्डी टिमले २०औँ एसियन खेलकुदमा विजयी सुरुवात गरेको छ । मंगलबार जापानको तोकाई सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’अन्तर्गतको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको हो ।
आठ टोली सहभागी कबड्डी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेई छन् । अर्काे समूहमा इरान, भारत, बंगलादेश र जापान छन् ।
दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल कबड्डी टिमले चीनमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको थियो।