मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष घरकर्जा योजना, बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि बैंकको आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्।

बैंकका अनुसार हालको आधार दर ५.५३ प्रतिशत रहेकाले कात्तिक मसान्तसम्म ग्राहकले ५.७८ प्रतिशत ब्याजदरमा घरकर्जा प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत घरजग्गाको मूल्यांकन रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ। पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ।

चाडपर्वको अवसरमा आफ्नै घर निर्माण वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार विशेष घरकर्जा योजना कात्तिक मसान्तसम्म लागू हुनेछ।

सुझावित समाचार