परीक्षा केन्द्र सारेर विद्यार्थीलाई दुःख दिन खोजेको भन्दै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

परीक्षा केन्द्र सारेर विद्यार्थीलाई दुःख दिन खोजेको भन्दै स्ववियुआबद्ध विद्यार्थीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका छन्।  स्नातक  तहका ब्याचलर अफ साइन्स (बिएस्सी), ब्याचलर अफ एजुकेसन (बिएड) र ब्याचलर अफ आर्टस् (बिए)को परीक्षा केन्द्र विना कुनै पूर्वसूचना र समन्वय सारिएको भन्दै आक्रोशित विद्यार्थीहरूले शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) राजविराज क्याम्पसका सभापति रञ्जितकुमार यादवले विद्यार्थी तथा सरोकारवाला निकायहरूसँग कुनै छलफल र परामर्श नगरी एकाएक परीक्षा केन्द्र सारिएको बताए। ‘कुनै समन्वय र जानकारीविनै परीक्षा केन्द्र सार्ने निर्णयले विद्यार्थीको आर्थिक भार बढाउने, सुरक्षा जोखिम निम्त्याउने र आवागमनमा प्रत्यक्ष प्रतिकूल असर पार्ने काम गरेको छ,’ सभापति यादवले भने, ‘तत्काल समस्या समाधान गर्न पाँच सूत्रीय माग अघि सारेको छौँ ।’ उनले मागहरू यथाशीघ्र सम्बोधन नगरिए विद्यार्थीको हक–हित र सहजताका लागि चरणबद्ध रूपमा कडा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने बताए ।

सुझावित समाचार