बजारमा चिनीको मूल्य बढेर प्रतिकिलो १४० रुपैयाँसम्म पुग्दा सरकारले भने ११० रुपैयाँमै सर्वसुलभ विक्री-वितरण भइरहेको बताएको छ। उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो।
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहको अध्यक्षतामा मंगलबार सरोकारवालाहरूसँग बैठक बसेको थियो। बैठकमा सहभागीहरूले भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायत काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रहरूमा प्रतिकेजी ११० रुपैयाँमै चिनी सर्वसुलभ रूपमा विक्री-वितरण भइरहेको पाइएको बताएका विभागले जनाएकाे छ।
चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको भन्दै विभागले उपभोक्तालाई अधिक सञ्चय नगर्न आग्रह गरेको छ।