आइसिसीको कारबाहीमा पूर्वकप्तान रोहित

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई कारबाही गरेको छ । आइसिसीले मलेसियामा गत शनिबार सम्पन्न एसिसी पुरुष प्रिमियर कपको फाइनलमा युएईविरुद्ध आचारसंहिताको लेभल १ उल्लंघन गरेको आरोपमा रोहितलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो ।

उपाधि भिडन्तमा नेपालको ब्याटिङ इनिङ्सको ३१औँ ओभरमा रोहित र युएईका खेलाडी अदिब उस्मानिची मैदानमा भनाभन भएको थियो । विवादलाई शान्त पार्न खोज्दा दुवै खेलाडीले अनफिल्ड अम्पायरको निर्देशन अस्वीकार गरेको आइसिसीले जनाएको छ ।

सुझावित समाचार