निगमको डिजेल चोरी गरिरहेकाे अवस्थामा तीन ट्यांकरसहित एकजना पक्राउ

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्यांकरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार रुपन्देहीको सिद्धार्थ नगरपालिका– ८ मा निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्यांकरको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ।

सो क्रममा दुईवटा ट्यांकर उक्त स्थानमै फेला परेका थिए भने अर्को एक ट्यांकर घटनास्थलबाट भागेर फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो।

नियन्त्रणमा लिइएका तीनवटै ट्यांकर र एकजना व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार