गृहमन्त्री सुधन गुरुङ आइतबार र सोमबार नियमित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगे । कुनै औपचारिक कार्यक्रम नभए पनि उनी दुई दिन लगातार सशस्त्र प्रहरी मुख्यालय पुगेका हुन्।
आइतबार हलचोकमा विपत् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री एवं उपकरणहरूको अवलोकन तथा निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा उनले विपत् व्यवस्थापनसम्बन्धी तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमता एवं प्रभावकारी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशनसमेत दिएका थिए।
सोमबार पनि उनले विपत् व्यवस्थापन प्रतिकार्य क्षमताको अनुगमन गरेको सशस्त्र प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। उनले ड्रोनको प्रयोगदेखि नदीबाट मोटरबोटबाट हुने उद्धारको अनुगमन गरे।
स्रोतका अनुसार विपत् व्यवस्थापनमा सशस्त्र प्रहरीले कसरी काम गरिरहेको छ र आगामी दिनमा कसरी सो संगठन यसमा अझै सशक्त बनाउने भन्ने विषयमा बुझ्न यसरी दैनिक सशस्त्र प्रहरीमा पुगेका हुन्। उनले सशस्त्र प्रहरीले विपत् व्यवस्थापनमा अझै बलियो बनाउने तयारी गरेका छन्। सशस्त्र प्रहरीलाई विपत् व्यवस्थापनमा डेडिकेटेड फोर्सका रूपमा अघि बढाउने सरकारको योजना छ।