सामाजिक सञ्जालबाट यौन व्यवसायको प्रचार, २४ वर्षीय युवक पक्राउ

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

सामाजिक सञ्जालमार्फत यौन व्यवसायको प्रचारप्रसार गरेको आरोपमा काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट २४ वर्षीय युवक पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा यौन व्यवसायको प्रचार गर्ने गरी भिडियो पोस्ट गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबुले गत शनिबार पाँचथरको फिदिम नगरपालिका– ३ का सरोज लामालाई नियन्त्रणमा लिएको हो।

लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार