रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठुलो जनधनको क्षतिको राहत तथा पुनर्स्थापनाका लागि बुटवल हस्पिटल प्रालिले सात लाख ७७ हजार ७७७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
हस्पिटलका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा अस्पतालका सञ्चालक एवं जनप्रतिनिधि नरीश्वर शर्माको पनि उपस्थिति थियो।
प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वासका साथ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको अस्पतालका अध्यक्ष पौडेलले बताए।
२५ वर्षदेखि बुटवलमा सेवा दिँदै आएको उक्त हस्पिटलले प्रभावित क्षेत्रमा जाने अभियान्ता एवं सहयोगी समूहमार्फत पनि औषधिजन्य सामग्री पठाइसकेको जनाएको छ।