सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ड्राइभिङ हाइभोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप २०८३–८४’ कार्यक्रम आयोजना गरेको छ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबिच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएकोे बताइएको छ।
मधेश प्रदेशको आठ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू सञ्चालनमा छन्। यसअघि नै बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिएको छ। त्यसैको निरन्तरतास्वरूप मधेश प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो। अरू प्रदेशहरूमा पनि यसैगरी क्रमशः कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।
बैंकको गत आर्थिक वर्ष ०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई रु. एक खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ। साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि भई रु. दुई खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ। बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर रु. दुई अर्ब नाै करोड ८६ लाख पुगेको छ।