जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये सातजनाको शव एक वर्ष बितिसक्दा पनि सनाखत हुन सकेको छैन। आगलागीमा परी जलेका कारण ती शवबाट पहिचान खुलाउन कठिन भएको हो।
प्रहरीका अनुसार ती शवमा कंकाल मात्र फेला परेको छ। शवमा जीवित कोष (लाइभ सेल) नपाइएपछि डिएनए परीक्षणका लागि आवश्यक नमुना निकाल्नसमेत नसकिएको एक प्रहरी अधिकारीले बताए।
‘यस्तो कंकालबाट डिएनए परीक्षण गर्न सक्ने प्रविधि नेपालमा छैन।