हुम्लाकी कल्पनाले गरिन् जलवायु र मौसम विज्ञानमा विद्यावारिधि

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

हुम्लाकी कल्पना हमालले जर्मनीको फ्राइए विश्वविद्यालय बर्लिनअन्तर्गतको मौसम विज्ञान संस्थानबाट मौसम विज्ञानमा विद्यावारिधि (पिएचडी) पूरा गरेकी छिन् । उनले जलवायु परिवर्तन, जलवायु परिवर्तनशीलता, चरम मौसमका घटना तथा तिनका भौतिक प्रक्रियामा केन्द्रित रहेर अध्ययन पूरा गरेकी हुन् ।

उनले आफ्नो शैक्षिक योग्यता नेपालको जलवायु तथा मौसन विज्ञान क्षेत्रमा प्रयोग गर्ने अपेक्षासमेत राखेकी छिन् । हुम्लाको छिप्रा गाउँकी कल्पना अध्ययनका क्रममा चीन हुँदै जर्मनीसम्म पुगेकी थिइन् । उनले पाटन बहुमुखी क्याम्पसको मेरिट छात्रवृत्तिमा स्नातक तहको अध्ययन गरेकी थिइन् ।

उनले नेपालसँग सम्बन्धित जलवायु अनुसन्धानलाई अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा प्रस्तुत गर्दै विभिन्न सम्मेलनमा पनि आफ्ना अनुसन्धान सार्वजनिक गर्दै आएकी छिन् ।

सुझावित समाचार