नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच भेटघाट भएको छ। आइतबार मध्याह्न भएको भेटमा दुई नेताबिच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भयो।
डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नोतर्फबाट जे–जति त्याग गर्न पनि तयार रहेको प्रस्ट पारे।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए। भेटमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे पनि छलफल भएको बताइएको छ।