त्रिशूली–३ ‘ए’को सुरुङभिबाट सकुशल उद्धार गरिएका दुईजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुवैजना बिरामी अवस्थामा छन्।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जनको सकुशल उद्धार गरेको हो । सुरुङभित्र अरू नै जीवितै रहेको सूचना प्राप्त भएको र उनीहरूको उद्धारको प्रयास भइरहेको सुरक्षाकर्मीले बताए।